Biratnagar, Koshi Province +977-21-523456 info@koshi.fenfit.org.np

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ

कोशी प्रदेश

हाम्रो बारेमा

गृहपृष्ठ हाम्रो बारेमा

परिचय

दूरदृष्टि (Vision)

ध्येय (Mission)

उद्देश्यहरू

कानुनी तथा संगठनात्मक पृष्ठभूमि

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ (FenFIT), कोशी प्रदेश ऐन र नियम अन्तर्गत आधिकारिक रूपमा पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशमा दर्ता भएको संस्था हो। यो संस्था कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा रहेका जिल्ला शाखाहरू र मातहतका उद्योगीहरूको हकहितको संरक्षण गर्न स्थापित छाता संगठन हो। यस संस्थाले कोशी प्रदेशमा काठ, फर्निचर, प्लाइउड, जडीबुटी तथा गैर-काष्ठ वन पैदावारमा आबद्ध रहेका हजारौं साना, मझौला र ठूला उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्दछ। केन्द्रीय संगठनसँग नियमित समन्वय गर्दै र जिल्ला शाखाहरू मार्फत स्थानीय व्यवसायीहरूको समस्यालाई प्रदेश र संघ सरकारसम्म पुऱ्याउने मुख्य काम यस महासंघले गर्दछ।

प्रदेश र जिल्ला संरचना

हाम्रो महासंघ अन्तर्गत कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला स्तरका समितिहरू रहेका छन्: मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, र उदयपुर। प्रत्येक जिल्ला शाखाका अध्यक्षहरू प्रदेश कार्यसमितिमा पदेन सदस्य वा प्रतिनिधि रहने व्यवस्था रहेको छ। यस प्रदेश कार्यसमितिले स्थानीय वन उद्यमीका लागि काठको आपूर्तिमा सहजता ल्याउन, सरकारी लिलामी प्रक्रियालाई व्यवस्थित बनाउन र काष्ठ पैदावारमा आधारित नयाँ प्रविधि हस्तान्तरणका लागि निरन्तर सहयोग पुऱ्याउँदै आएको छ।

हामीसँग जोडिनुहोस्

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको सदस्य बन्नुहोस्

हामीसँग जोडिएर आफ्नो व्यवसायलाई सुरक्षित र प्रवर्द्धन गर्नुहोस्। हामी व्यवसायीहरूको हकहितका लागि प्रतिवद्ध छौं।